काठमाडौँ :- अर्थ मन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग लगायत मातहतका विभिन्न निकायहरूमा सरुवा गरिएको हो।
यस्तै, केही उपसचिवहरूको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयहरूमा समेत सरुवा गरिएको जनाइएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि यो पहिलो पटक उपसचिवहरूको सरुवा गरिएको हो।






