काठमाडौँ :- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीहरू संलग्न रहेको सम्पत्ति शुद्धीकरण रिट संशोधनविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ।
न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।
अब उक्त मुद्दाको अन्तिम सुनुवाइ पूर्ण इजलासमा हुनेछ।





