काठमाडौँ :- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सकिएको छ ।
बैठकले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ता तोकेको छ ।
विगतमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई प्रवक्ता बनाउने प्रचलन रहे पनि यसपटक उक्त जिम्मेवारी पोखरेललाई दिइएको हो । मन्त्रिपरिषद्का अन्य निर्णय भने सार्वजनिक गर्ने तयारी भइरहेको छ ।




