काठमाडौँ :- मन्त्रिपरिषद्को पहिलो बैठकले जेनजी आन्दोलनको अवस्थाबारे अध्ययन गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै आयोगले पेश गरेको प्रतिवेदन तत्काल लागू गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।




