
काठमाडौँ ।रामचन्द्र पौडेल समक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले शाहलाई प्रधानमन्त्री पदको शपथ गराउनुभएको हो। राष्ट्रपति पौडेलले आज बिहान नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो।
शपथ ग्रहणसँगै बालेन्द्र शाह औपचारिक रूपमा नेपालको प्रधानमन्त्रीको जिम्मेवारीमा प्रवेश गर्नुभएको छ। नयाँ सरकार गठनसँगै मन्त्रिपरिषद् विस्तार र सरकारको कार्यविभाजन सम्बन्धी निर्णयहरू पनि चाँडै हुने अपेक्षा गरिएको छ।



