काठमाडौँ :- रास्वपाको संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ।
सभापति रवि लामिछानेले राख्नुभएको प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो।
संसदीय दलको नेतामा चयन भएसँगै शाह प्रधानमन्त्री पदका लागि प्रमुख दाबेदार बन्नुभएको छ।
अब बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उहाँको नाम औपचारिक रूपमा अनुमोदन गर्नेछ।




