काठमाडौँ :- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको उल्लेख गर्दै कसैले पनि यहाँ अतिक्रमण गर्न नहुने बताए।
आज पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले राज्यले कूटनीतिक माध्यमबाट यसको समाधान गर्नुपर्ने बताए।
उनले भने, “अहिलेसम्म प्रभावकारी कूटनीतिक प्रयास हुन सकेको छैन। यो विषय केवल सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मात्र उठाइएको छ, तर वास्तविक कदम भने चालिएको छैन।”
पौडेलले लिपुलेक–लिम्पियाधुराको मामलामा सरकारले प्रभावकारी कूटनीति अपनाउन नसके कांग्रेसले आवश्यक सहयोग गर्ने पनि स्पष्ट पारे।




