काठमाडौँ :- रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको प्रधानमन्त्रीका रूपमा सपथग्रहण शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा हुने भएको छ।
बालेननिकट स्रोतका अनुसार सोही साइतमा सपथ लिने जानकारी राष्ट्रपति कार्यालयलाई दिइएको छ।
समारोहमा १०८ जना बटुकले स्वस्तिक वाचन गर्नेछन् भने १०७ जना बौद्ध लामा गुरुबाट मंगलवाचन गरिने तयारी छ। साथै ७ जना ब्राम्हणले शंखनाद गर्ने कार्यक्रम पनि तय गरिएको छ।




