काठमाडौँ :- गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरण तथा अवैध वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सूचीमा परेका व्यक्ति, समूह वा संस्थासँग सम्बन्धित हुनसक्ने कुनै सूचना वा आधार भेटिएमा गोप्य रूपमा जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ।
त्यसैगरी, कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो कार्यका क्रममा अनाधिकृत गतिविधि गरेको देखिएमा पनि सम्बन्धित जानकारी उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ।





