काठमाडाैं :- पितृशोकमा परेका केपी शर्मा ओली लाई भेट्न सुशीला कार्की गुण्डु पुगेकी छन्।
आइतबार आफ्ना पति दुर्गा सुवेदी सँगै प्रधानमन्त्री कार्की पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेकी हुन्। उनले दिवंगत पिता मोहनप्रसाद ओली प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिन्।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।












