काठमाडौँ :- यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल ४ दशमलव ७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैमा उक्त परिमाणमा मत बदर भएको हो ।
आयोगका अनुसार यसअघि विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको थियो । त्यस्तै, २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५.१८ प्रतिशत मत बदर भएको थियो ।
यसपटक भने विगतका निर्वाचनको तुलनामा बदर मतको प्रतिशत केही कम देखिएको आयोगले जनाएको छ ।




