काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता निश्कल राई इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
उहाँले १४ हजार ५४३ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गर्नुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत प्राप्त गर्नुभएको छ ।
३५ वर्षीय राईले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु गर्नुभएको थियो ।
शंकरदेव क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय रहँदै लोकप्रियता कमाउनुभएका राई अहिले इलाम क्षेत्रीय सभापति पनि हुनुहुन्छ ।




