सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा Harka Raj Rai Sampan विजयी हुनुभएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी Goma Tamang ले २७ हजार २४९ मत प्राप्त गर्नुभयो। साम्पाङ ८ हजार ४ सय ९२ मतान्तरले विजयी हुनुभएको हो।
वि.सं. २०३९ फागुन १५ गते खोटाङको खर्तम्छामा जन्मिनु भएका साम्पाङले २०७६ सालको उपनिर्वाचनमा Dharan नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएपछि राजनीतिमा सक्रिय हुनुभएको थियो।
२०७९ को स्थानीय तह निर्वाचनमा उहाँ Dharan Sub‑Metropolitan City को मेयर निर्वाचित हुनुभएको थियो। पछि श्रम संस्कृति पार्टी दर्ता गर्दै मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुभएको हो।




