काठमाडौँ :- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम विजयी हुनुभएको छ ।
निर्वाचन कार्यालयका अनुसार उहाँले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।
यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभयो ।
नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३४४ मत ल्याउनुभयो भने नेकपा (एमाले)का शङ्करराज थपलियाले ५ हजार ४ मत प्राप्त गर्नुभयो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापामगरले १ हजार २२६ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा कुल १ लाख ५५ हजार २१२ मतदाता रहेकामा १ लाख ३३ मत खसेको थियो । जसमध्ये ३ हजार ३७५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
विक्रम सम्वत् २०५२ सालमा जन्मिनु भएकी गौतम यसअघि २०८९ सालको निर्वाचनमा काठमाडौँ–३ बाट निर्वाचित हुनुभएको थियो ।




