काठमाडौँ :- प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा कैलालीका विभिन्न क्षेत्रमा फरक–फरक दलका उम्मेदवारले अग्रता लिएका छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत प्राप्त गरी अग्रता कायम राखेका छन्।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले ६६२ मतसहित पछ्याइरहेका छन् भने स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले ६४६ मत पाएका छन्।
कैलाली क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले ४४१ मत प्राप्त गर्दै कांग्रेसका विजयबहादुर स्वाँरलाई उछिनेका छन्। स्वाँरले ४०७ मत पाएका छन् भने रास्वपाका केपी खनालले ३१६ मत प्राप्त गरेका छन्।
यसैगरी कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्दले ३ हजार ९४४ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका नरनारायण शाहले १ हजार ४७५ मत र नेकपा (एमाले) का यज्ञराज ढुङ्गानाले ८४६ मत प्राप्त गरेका छन्।
कैलाली क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टीका वीरमान चौधरीले ६०४ मत प्राप्त गरी अग्रता बनाएका छन्। उनलाई रास्वपाका जगतप्रशाद जोशीले २७५ मतसहित पछ्याइरहेका छन् भने नागरिक उन्मुक्ति पार्टीका विक्रम चौधरीले २५२ मत प्राप्त गरेका छन्।




