काठमाडौँ । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उल्लेखनीय अग्रता लिएका छन्।
भर्खरै सार्वजनिक भएको मतपरिणाम अनुसार शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार २४८ मत ल्याएका छन्।
यसरी शाहले ४ हजार ६ मतान्तरसहित अग्रता कायम गरेका हुन्। यसैगरी श्रम संस्कृति पार्टीका समिर तामाङ ३२५ मतसहित तेस्रो स्थानमा रहेका छन्।




