काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि १५ रुपैयाँले वृद्धि भई प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




