काठमाडौँ :- निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कडाइ गर्दै निर्वाचन आयोगले हालसम्म आठ जनालाई कारबाही गरेको छ भने ९४ जनासँग स्पष्टीकरण माग गरेको छ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीले राजनीतिक दल तथा उम्मेदवारबाट प्राप्त ५७ वटा स्पष्टीकरणको जवाफ अध्ययन भइसकेको जानकारी दिए। उनका अनुसार छ जनालाई पुनः स्पष्टीकरण सोधिएको छ।
दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।




