काठमाडौँ :- नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।
बुधबार नयाँदिल्लीमा आयोजित कार्यक्रममा नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाई तथा भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव को समुपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
समझदारीपत्रमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा र भारतका तर्फबाट वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तन्मय कुमार ले हस्ताक्षर गरेका छन्।
उक्त अवसरमा दुवै देशका उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको वन मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले जानकारी दिएका छन्।




