काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य अङ्कको वृद्धि भए पनि सबै समूहमा सकारात्मक प्रभाव देखिएको छैन ।
नेप्से २.४१ अङ्कले बढेर दुई हजार ६१६ दशमलव ९७ बिन्दुमा अडिएको छ ।
आज ३२९ कम्पनीको शेयर कारोबार हुँदा पाँच अर्बभन्दा बढीको कारोबार भएको छ । कुल ५६ हजारभन्दा बढी पटकको कारोबारमा एक करोड २६ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन् ।
कारोबार अवधिमा बैंकिङ, विकास बैंक र वित्त समूह बढे पनि होटल तथा पर्यटन, जलविद्युत्, म्युचुअल फन्ड, निर्जीवन बीमा लगायतका समूहका उपसूचक घटेका छन् ।




