काठमाडौँ :- नेपाली बजारमा सुनको मूल्य सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ३२ सय रुपैयाँले वृद्धि भएको हो ।
आइतबार प्रतितोला ५६ सय रुपैयाँले बढेर तीन लाख १० हजार ३०० रुपैयाँ पुगेको सुन सोमबार बढेर तीन लाख १३ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदी तोलामा १७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५९५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।




