काठमाडौँ :- सुनचाँदी बजारमा आज दुवै धातुको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको भाउ पनि तोलामा ३७५ रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४२५ रुपैयाँ पुगेको छ । चाँदीले यसअघि माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँको उच्च रेकर्ड बनाएको थियो ।




