काठमाडौँ । अन्तरराष्ट्रिय बजारको प्रभावसँगै आज नेपाली बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ। मङ्गबारको तुलनामा आज सुन प्रतितोला रु एक हजार ५०० ले घटेको छ भने चाँदी रु पाँचले ओरालो लागेको छ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस चार हजार ९२० अमेरिकी डलर र चाँदी प्रतिऔँस ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यसको असरस्वरूप स्थानीय बजारमा छापावाल सुन प्रतितोला रु तीन लाख ४०० र चाँदी रु चार हजार ८८० कायम भएको छ।




