काठमाडौँ :- आजको कारोबारमा रिदी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको शेयर मूल्य नौ दशमलव ६७ प्रतिशतले बढेको छ भने कारोबार रकमका आधारमा पनि रु ६५ करोड ४७ लाखभन्दा बढीको शेयर किनबेच भएको छ।
यसैगरी, सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ३९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।




