काठमाडौँ :- सुनचाँदीको मूल्य आज फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा एक तोला छापावाल सुन तीन लाख ५०० रुपैयाँ पुगेको छ भने चाँदी पाँच हजार १० रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार सुन दुई लाख ९१ हजार र चाँदी चार हजार ७१० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार सुन दुई लाख ९५ हजार २०० र चाँदी चार हजार ९८० रुपैयाँ रहेको थियो।
त्यस्तै बुधबार सुन तीन लाख चार हजार ७०० र चाँदी पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने मङ्गलबार सुन दुई लाख ९० हजार ३०० र चाँदी पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।




