काठमाडौँ :- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले निर्वाचन चिन्ह पाउनुभएको छ।
निर्वाचन आयोगले शुक्रबार पुनलाई ‘त्रिभुज’ चुनाव चिह्न प्रदान गरेको हो। स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका पुन सोही चिन्ह लिएर चुनावी मैदानमा उत्रनुहुनेछ।
आयोगका अनुसार सबै उम्मेदवारलाई तोकिएको तालिकाअनुसार निर्वाचन चिन्ह प्रदान गर्ने प्रक्रिया सम्पन्न हुँदै गएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि देशभर चुनावी तयारी तीव्र पारिएको आयोगले जनाएको छ।



