काठमाडौँ :- आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ५६ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार सबैभन्दा बढी रुपन्देही जिल्लामा २१ जना महिलाले मनोनयन दर्ता गराएका छन् भने रोल्पा जिल्लामा एक जना पनि महिला उम्मेदवार छैनन्।
यसैगरी दाङ, बाँके, बर्दिया, गुल्मी र नवलपरासी पश्चिममा पाँच–पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्।
कपिलवस्तुमा चार जना, पाल्पा र रुकुम पूर्वमा दुई–दुई जना तथा अर्घाखाँची र प्युठानमा एक–एक जना महिलाले उम्मेदवारी दर्ता गराएका हुन्।
लुम्बिनी प्रदेशमा प्रमुख राजनीतिक दलबाट महिलाको उम्मेदवारी संख्या न्यून देखिए पनि साना दल र स्वतन्त्र उम्मेदवारका रूपमा महिलाको सहभागिता उल्लेख्य रहेको छ।
प्रदेशका १२ जिल्लामा कुल ५९९ जनाले मनोनयन दर्ता गराएकामध्ये ३९४ जना विभिन्न राजनीतिक दलका र २०५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।



