काठमाडौँ :- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आव्हान गर्नुभएको छ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन सुरु हुने भएको हो।
यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन आव्हानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन आव्हान गर्नुभएको हो।



