काभ्रे :- दर्शकमाझ प्रतिक्षित एड्भेन्चर रियालिटी शो “‘हिमालय रोडिज’” को सातौं सिजन आगामी भदौ १६ गतेदेखि प्रसारण हुने भएको छ।
नयाँ सिजनमा प्रतिस्पर्धीले आफ्नो साहसिक क्षमता प्रस्तुत गर्नेछन्। यसपटक शोमा ग्याङ लिडरको रूपमा नृत्याङ्गना तथा पर्वतारोही कविता नेपाली सहभागी हुने भएकी छन्। अनुपविक्रम शाही, प्रियंका कार्की र आशिष राना भने निरन्तर ग्याङ लिडरको भूमिकामा रहनेछन्। अघिल्लो सिजनकी निर्णायक दीया मास्केको स्थानमा दर्शकले कवितालाई देख्नेछन्।
शोका होस्ट रेमनदास श्रेष्ठ हुनेछन् भने निर्देशन सिमोस सुनुवारले गर्नेछन्। कार्यक्रम हिमालय टेलिभिजनमार्फत प्रसारण हुनेछ।




