काठमाडौँ :- त्रिशूली नदीमा आएको बाढीमा फसेका दुईजनाको उद्धार भएको छ ।
नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरले भर्खरै उनीहरूलाइ उद्धार गरेको हो ।
नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार उद्धारका लागि सेनाको हेलिकोप्टर बोलाइएको थियो । त्रिशूली नदीको बीच भागमा उनीहरू फसेका हुन् ।




