
काठमाडौँ :- माओत्से गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् ।
‘पेन्सनपट्टा’को छायांकन तेस्रो साताबाट हुनेछ । चलचित्रले भूतपूर्व लाहुरेको कथा भन्नेछ । लोभी मान्छे कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए ।
माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् । चलचित्रको सम्पूर्ण छायांकन कास्कीको पोखरा आसपासमा गरिने निर्माणपक्षले जनाएको छ । चलचित्र सुशन प्रजापतिले खिच्नेछन् ।