काठमाडौँ :- ओटीटीमा सबैभन्दा मोटो पारिश्रमिक लिनेमा अभिनेता अजय देवगन पनि परेका छन् ।
सन् २०२२मा अजय देवगनले डिज्नी प्लस हटस्टारको वेब सिरिज ‘रुद्र: द एज अफ डार्कनेस’ बाट ओटीटीमा डेब्यु गरे । यो ब्रिटिश शो ‘लूथर’ को हिन्दी रिमेक हो ।
यसमा अभिनय गरेपछि उनको पारिश्रमिक बढ्यो । भारतीय सञ्चारमाध्यमका अनुसार अजय देवगनले ‘रुद्र’ का सात एपिसोडका लागि कुल १ सय २५ करोड रुपैयाँ पारिश्रमिक लिएका थिए ।
यो तथ्याङ्क भारतीय ओटीटी इतिहासको अहिलेसम्मकै सबैभन्दा ठूलो पारिश्रमिक मानिन्छ ।




