चौरीदेउराली :- काभ्रेको चौरीदेउराली गाउँपालिकामा पालिका भित्रका वडाहरुमा कृषकहरुलाई आधुनिक कृषि औजारहरु वितरण गरिएको छ।
गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाईं र प्रमुख प्रशासकीय अधिकृत माहनदास लामाले उक्त कृषि औजार कृषकलाइ हस्तान्तरण गरेका हुन। गाउँपालिकाको पचास प्रतिशत अनुदानबाट २९ लाख ५० हजार र किसानहरुको पचास प्रतिशत लागत सहभागीमा २९ लाख ५० हजार गरि जाममा ५९ लाख बजेटमा आधुनिक कृषि औजार सामाग्रीहरु खरिद गरि वितरण गरिएको हो। 
मिनिटिलर -९० वटा, कुटानी मिसानी मिल ६९ वटा, मकै छोडाउने मेसिन -२७ वटा, इलेक्ट्रोनिक स्प्रेयर -६० वट, पिसानी मिल -३ वटा, ट्याक्टर – १ वटा, र बाँदर धपाउने यन्त्र -५ वाट औजारहरु विभिन्न वडाका किसानहरुलाई वितरण गरिएको हो । आधुनिक कृषि औजार प्राप्त गरेपछि गाउँ पालिकाको कृषकहरु खुशी भएका छन् । कृषकहरु आधुनिक ढंगले खेतीपाती गरेर कृषि उत्पादन बढाउन सकिने गाउपालिका अध्यक्ष चौलागाईंले बताइन । यस कार्यले कृषकहरु खुशी भएर गाउँ पालिका जनप्रतिनिधि र कर्मचारीहरुलाई आभार व्यक्त गरेका छन ।


