काठमाडौँ :- त्रिभुवन विश्वविद्यालयले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउन अनलाइन प्रणालीमा आधारित नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारिएको नीति तथा कार्यक्रमबारे योजना परिषद्को स्थायी समितिको बैठकमा विस्तृत छलफल भएको हो।
बैठकमा उपकुलपति प्राडा भोला थापाले शैक्षिक, प्रशासनिक तथा अनुसन्धान क्षेत्रको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। छलफलमा प्राप्त सुझाव समेटेर नीति तथा कार्यक्रम विश्वविद्यालय सभामा पेस गरिने जनाइएको छ।












