काठमाडौं :- परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
उनीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार सिंहदरबारबाट पक्राउ गरेको हो।
सीआईबीले उनलाई आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। भट्टराईविरुद्ध गत सोमबार नै मुद्दा दायर भएको थियो।












