काठमाडौँ :- सुदूरपश्चिम प्रदेश सरकारले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनका लागि कैलालीका सेती, लम्कीचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ।
प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार चालु शैक्षिक वर्षदेखि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी सम्बन्धित अस्पतालसँग सम्झौता गरिनेछ।












