काठमाडौँ :– नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था तथा निर्देशन उल्लङ्घन गरेको भन्दै आर्थिक वर्षको चौथो त्रैमासमा तीन ‘क’ वर्गका वाणिज्य बैंकमाथि कारबाही गरेको छ।
बैंक सुपरिवेक्षण विभागले राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकलाई कारबाही गरेको हो। केन्द्रीय बैंकले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई सचेत गराएको छ भने प्रभु बैंकको सञ्चालक समितिसँग कबुलियतनामा गराउँदै तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नगद जरिवाना गरेको छ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ को व्यवस्था उल्लङ्घन गर्दै समयमै खाता रोक्का राख्ने निर्देशन पालना नगरेको पाइएको छ।












