सिन्धुली :- मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा कार सुनकोशी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार बेपत्ता हुनेमा कार चालक, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी गणेश थापा र कारमा सवार एक जना हेल्पर रहेका छन्। चालक र हेल्परको पहिचान खुल्न बाँकी छ।
काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। कारको नम्बर भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।












