काठमाडौँ :- अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ का लागि साउनदेखि लागू हुने नयाँ तलबमान सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार बजेटमा घोषणा गरिएको १० प्रतिशत तलब वृद्धि र १० प्रतिशत प्रोत्साहन भत्ता कार्यान्वयनमा आएको हो।
नयाँ तलबमानअनुसार मुख्य सचिवको आधारभूत तलब रु ८४ हजार ९३२ कायम गरिएको छ भने विभिन्न राजपत्रांकित तथा राजपत्रअनंकित कर्मचारीहरूको तलबमान पनि नयाँ दरअनुसार निर्धारण गरिएको छ।












