काठमाडौँ :- शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ ।
मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाद्वारा आज जारी सूचना अनुसार हिजो सोमबार मन्त्रीस्तरीय निर्णयबाट उक्त निर्देशिका खारेज गरिएको हो ।
सरकारबाट स्वीकृत शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आइसकेको छ ।












