काठमाडौं :- नेकपा (एमाले)ले सुनसरी र विराटनगरमा भएका पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले सरकारको कमजोरीका कारण चार जना युवाले ज्यान गुमाउनुपरेको दाबी गर्दै समयमै शान्ति–सुरक्षा कायम गर्न सकेको भए यस्तो अवस्था नआउने बताए।
उनले घटनाको निष्पक्ष छानबिनका लागि तदर्थ समिति नभई पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गरी घटनाको वास्तविक कारण पत्ता लगाउन र स्थायी समाधान खोज्न सरकारसँग माग गरे।












