काठमाडौँ :– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा हिन्दु र मुस्लिम धार्मिक अगुवासँग सामाजिक सद्भाव कायम राख्ने विषयमा छलफल गरेका छन्।
उनले मौलाना नरुल हुसेन, मौलाना मोहम्मद खालिद, विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग सामूहिक छलफल गर्दै सुनसरी, सिराहालगायत देशका विभिन्न स्थानमा भइरहेको प्रदर्शन रोक्न र सद्भाव कायम राख्न सार्वजनिक अपिल गर्न आग्रह गरेका छन्।












