काठमाडौँ । विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । यो फिल्म २०८२ सालको पहिलो सुपरहिट फिल्म समेत बनेको छ ।
सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले आज (चौंथो शुक्रबार) मध्यान्ह १२ बजेसम्म देशब्यापी ८ करोड ९० लाख ५० हजार १८० रुपैयाँ ग्रस कमाइ गरेको छ ।
आर्टमाण्डुको ब्यानरमा निर्माण भएको यो फिल्म प्रदर्शनको शुक्रबार २२ औं दिन पनि हो । नवीन चौहान निर्देशित फिल्मको सांगीतिक पक्षलाई दर्शकले निकै रुचाएका छन् ।
चलचित्र विकास बोर्डका अनुसार देशभर हल संख्या यो सातासम्म १६८ पुगेको छ ।




