काठमाडौं । अस्कर मनोनित फिल्म ‘क्याराभान’का फ्रान्सेली निर्देशक एरिक भ्यालीले प्रदर्शनरत नेपाली फिल्म ‘ऊनको स्वीटर’को प्रशंसा गरेका छन् ।
उनले यो फिल्मको प्रस्तुतिकरण, पटकथा, छायांकन र अभिनयको प्रशंसा गरेका छन् । आइतबार बेलुका भ्यालीले केही नेपाली सहयोगीसहित न्युरोडको रञ्जना हलमा फिल्म हेरेका थिए । अभिनेता विपिन कार्कीले आफ्नो सामाजिक संजालमार्फत भ्यालीको फिल्म समीक्षाबारेको भिडियो पोस्ट गरेका छन् ।
भिडियोमा निर्देशक भ्यालीले भनेका छन्, ‘यति राम्रो नेपाली फिल्म हेर्न पाउँदा खुसी छु । यो परिवारको कथा हो । नेपाली परम्परा र रितिरिवाजको कथामा बनेको छ । मानवीय स्पर्श गर्ने प्रेमकथा र ड्रामा यसमा छ । सबै कुरालाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ ।’




