काठमाडौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन हालै कान्स फिल्म फेष्टिभलमा पुगेकी छन् ।
७८ औं कान्स फिल्म फेस्टिभलको लागि ऐश्वर्या भारतीय फेसन डिजाइनर मनीष मल्होत्राले डिजाइन गरेको सुन्दर साडी लगाएकी थिइन् । उनको यो लुकले फेसन समीक्षक र प्रशंसकहरूलाई दुवै प्रभावित गर्यो ।
ऐश्वर्याको लुकको बारेमा कुरा गर्दा, अभिनेत्रीको यो बहुप्रतिक्षित कान्स लुक प्रसिद्ध फेसन डिजाइनर मनीष मल्होत्राले डिजाइन गरेका थिए । अभिनेत्रीले साडी लगाएकी थिइन्, जुन हातले बुनेको बडा बनारसी ह्यान्डलूम साडी थियो । यो आइभोरी रंगको हस्तनिर्मित साडीमा चाँदीको जरीको वर्क थियो ।




