२०८२ बैशाख ४, बिहिबार
काभ्रे :- जिल्लाको खानीखोला गाउँपालिका वडा न : १ धार्नेमा नेवा खानेपानी संस्था ( NEWAH) र खानीखोला गाउँपालिकाको साझेदारीमा ६५ घर घुरीका लागि जगाते -धार्ने-खवासे खानेपानी तथा सरसफाइ योजनाको गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा उद्वघाटन गरेको छन् ।
खानीखोला गाउँपालिका र नेवा खानेपानी संस्थाको साझेदारी जगाते – घार्ने खवासे खानेपनी आयोजना ६५ घर घुरीका लागि एक घर एक धारा पुर्ण स्वच्छ खानेपानी बितरण खानीखोलाको अभियान भएकोले गाउँपालिकाले उपयुक्त खानेपानीको मुहान अनुरुप बस्ती टोल टोलमा पुर्याई आवश्यक काम सम्पन्न गरि खानेपानी संंन्चालन ल्याई वितरण गर्दै आएको अध्यक्ष थिङ्ले जानकारी दिए ।
यो खानेपानी आयोजनले स्थानीय तह गाउँ बस्तिका लागि अति आवश्यक र यो खानेपानी संन्चालन भए पछि स्थानीय जनतालाई पानीको अभाव नपर्ने र पानी आवश्यक अनुसार संन्चालनमा ल्याई यस खानेपानीलाई निरन्तरता दिदै पुर्ण दिगोपनसंगै लाभ लिने थिङ्ले बिश्वास व्यक्त गरे ।
जनताको माग र आवश्यकता आफ्नो प्रतिबद्धता पूरा गर्ने समुदायको टोल बस्तीमा खानेपानी, शिक्षा , स्वास्थ्य , यातायात लगाएत पुर्ण आयोजनहरुको निर्वाचित भए पश्चात् सफलता पाएको उनको भनाइ थियो। शिक्षा , स्वास्थ्य , खानेपानी , यातायातमा निकै सुधारत्मक भएको र अझै उच्च सफलतासंगै नमूना पालिका बनाउनेमा पालिका लागि परेको बताए ।
यस खानीखोला गाउँपालिका वडा न: २ फलामेटारमा जिल्ला कृषि विकास कार्यलय, गाउँपालिका ,समुदायको साझेदारीमा कृषकहरुलाई अनुदान स्वरुप कृषि सामाग्री वितरण गरेको छन् ।
एक वडा एक कफि उत्पादन (कफि वाली) अन्तर्गत काभ्रे जिल्ला कृषि बिकास कार्यलय ६०% गाउँपालिका २०% र समुदाय २०% गरि ३ वटा कफि मिसिन, १५ वटा मिनि टेलर ,४० वटा इस्प्रे पम , गोडेन पाईप, हजार केजि कृषि चुन, आठ मेट्रीक टन अनुदान स्वरुप गाउँपालिकाको प्रमुख इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा र जिल्ला कृषि बिकास कार्यलय काभ्रेका कुल प्रसाद दवाडीको उपस्थितिमा सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा वडा अध्यक्षहरु जनप्रतिनिधिहरु स्थानीय , बुद्धिजीवी , युवा, व्यवसायी , कृषकहरुको उपस्थितिमा कार्यक्रम तथा कृषि सामाग्री वितरण सम्पन्न भएको थियो ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९