पाँचखाल वडा नं १ ठाँटी स्थाई बसोवास गर्ने सन्त बहादुर तमाङ र उनको बुवा मङ्गल बहादुर तमाङ समेतले मङ्गल बहादुर तामाङको श्रीमतीलाई मार्छु भन्दै लोड भएको भरुवा बन्दुक समेत साथमा लिई लखेटेका थिए ।
आफ्नो ज्यान जोगाउन भाग्दै गरेकी मङ्गल बहादुरको श्रीमतीले हार गुहार गरेको सुनी स्थानीयले पाँचखाल प्रहरीलाई खबर गरेका थिए । पाँचखाल प्रहरी चौकीबाट प्रहरी अधिकृत सहितको टोलीले खोजतलास गर्दा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।





