ललितपुर :- ललितपुर महानगरपालिका-१८ मगरगाउँस्थित सडकमा बा.२ ख ३१०२ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री स्थाई घर रामेछाप मन्थली नगरपालिका-७ की ३५ वर्षीया गोमा मगरको सोमबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उक्र माइक्रोले रोकी राखेको बा.७ च ५९८७ नम्बरको बोलेरो गाडी र पैदलयात्रीलाई समेत ठक्कर दिई दुर्घटना गराएको थियो । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




