
काठमाडौँ :- नेपाल पत्रकार महासङ्घको मंसिर २८ गते हुने भनिएको महाधिवेशनमा नेतृत्वका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस निकट प्रेस चौतारी र प्रेस युनियन बिच भागबन्डाको सहमति भएको छ ।
गएराति चौतारी र युनियनका नेताहरूबिच भएको छलफलमा महासङ्घको १३ सदस्यीय पदाधिकारीमा चौतारीका तर्फबाट अध्यक्षसहित ५ पद युनियनले ८ पदमा उम्मेदवारी दिने भएको छ । महाधिवेशनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
हालसम्म भएको सहमति अनुसार जिल्ला अध्यक्षमा चौतारीले ३२ र युनियनले ४२ वटा लिने सहमति जुटेको छ तर कुन जिल्ला कसले लिने भन्ने बारे अहिले सम्म एकिन भएको छैन यसमा थप छलफल गरि टुंगो लगाउने नेताहरुको भनाइ छ