२०८१ कार्तिक १८, आईतबार
प्रसाइँलाई पक्राउ गर्न प्रहरी टोली उनको घर भक्तपुरको ठिमि पुगेपछि प्रसाईंले गेट बन्द गरेर भित्रबाट प्रहरीलाई अपशब्द बोलेका थिए । लगभग एक घण्टासम्म पनि उनले गेट नखोलेपछि प्रहरीले पर्खालमा भर्याङ लगाएरै घरभित्र प्रवेश गरी पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । प्रसाईंसँगै युटुबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९